लुम्बिनी खेलकुद परिषद्का सदस्यले लिए शपथ
सोमबार, ०८ पुस २०८१, १८ : ०९
दाङ । लुम्बिनी प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री तथा प्रदेश खेलकुद परिषद्का अध्यक्ष चेतनारायण आचार्यले प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।
खेलकुद परिषद्का सदस्य लेखनाथ खनाल, बलबहादुर केसी, मुक्तिप्रसाद न्यौपाने, गोपिकृष्ण शर्मा, हरिबहादुर थापा, लालबहादुर घर्तीमगर, महेश काउछा, राजु महर्जन, कोशिष बहादुर खड्का, विकास घिमिरे, दिपेन्द्रकुमार डाँगी, जंगबहादुर मल्ल, कैलाशकुमार रोका, कल्पना आचार्य, दीपक खनाल, प्रकाश आर रानाले शपथ ग्रहण गरेका छन् ।
यसैबिच सोमबार बसेको परिषद्को बैठकले ४ वटा कार्यविधि र एउटा निर्देशिका पारित गरेको खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण