लागु औषध कारोबार गरिरहेका दुई महिला पक्राउ
सोमबार, ०८ पुस २०८१, १८ : ५५
सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागु औषध कारोबारी दुई जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज घर भई वीरेन्द्रनगर नगरपालिका–६ बस्ने २९ वर्षीया चन्दा राई र नेपालगञ्ज नै घर भएकी वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २४ वर्षीया चाँदनी राई रहेका छन् ।
उनीहरुलाई वीरेन्द्रनगरस्थित रङ्गशाला नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले बताए ।
उनीहरुले त्यहाँ लुकिछुपी लागु औषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा छापा हानेको थियो ।
उनीहरूबाट ९ ग्राम २१० मिलिग्राम लागु औषध फेला परेको उनले बताए । अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण