ट्रम्पका सहयोगी गेट्जमाथि गम्भीर आरोप : कार्यालयभित्रै लागूऔषध सेवनदेखि नाबालिकको यौन शोषणसम्म
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पका सहयोगी म्याट गेट्स पदमा रहँदा कार्यालय समयमै लागू औषध र यौन गतिविधि गरेकोमा दोषी पाइएका छन् ।
अमेरिकी हाउस एथिक्स कमिटीको रिपोर्टमा म्याविरुद्ध पर्याप्त सबूत प्रमाण भेटिएको उल्लेख रहेको भन्दै बेलायती समाचार संस्था बीबीसीले समाचार लेखेको छ । म्याटले १७ वर्षीया किशोरीसँग यौन सम्बन्धराख्न रकम तिरेको र पदमा रहँदा अपैध ड्रग्स अर्थात् लागू औषध प्रयोग गरेको तथ्य जाँच कमिटीको रिपोर्टले खोलेको छ ।
जसमा भनिएको छ, ‘जो एक समय अमेरिकी नया विभागको नेतृत्व गरेका व्यक्ति डोनाल्ड ट्रम्प निकट थिए । उनले कयौँ राज्य कानूनका उल्लंघन गरेका छन् ।’
गेट्जले भने त्यस्तो आरोप अस्वीकार गरेका छन् भने, आफुविरुद्ध जाँचपड्ताल गर्नेहरु आफुलाई घृणा गर्नेहरु रहेको प्रतिक्रिया दिएका छन् । न्याय विभागले नाबालिकको यौन शोषण गरेको सन्दर्भमा जाँच गरेको जिकिर गरेपनि कुनै अपराधिक आरोप भने दर्ता नभएको बताइएको छ ।
गेट्जले गत नोभेम्बरमा फ्लोरिडा कंग्रेसबाट राजीनामा दिएका थिए । पछिल्लो समय ट्रम्पले उनलाई महान्यायाधिवक्ताका लागि प्रस्तावित गरेकामा डेमोक्रेटिक र रिपब्लिकन दुबैतर्फबाट विरोध आएपछि पछि हट्नु परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण