काठमाडौँ । प्रियंका कार्की अभिनीत गायिका नम्रता तामाङको गीत ‘दिलमा चुकुल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द, संगीत रहेको गीतमा साहस शाक्यको एरेन्ज छ ।
भिडियो अभिनयमा प्रियंकालाई विनोद न्यौपानेको साथ दिएका छन् । भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।
अजय रेग्मीको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।
प्रतिक्रिया