सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
काठमाडौँ । नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको राजीनामा माग गर्दै केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको छ ।
पार्टीकै जिल्ला उपसभापति नवीन प्रसाद अधिकारी‚ क्षेत्रीय सभापति हरि बहादुर लुंगेली लगायतले ५७ जनाले हस्ताक्षर गर्दै सिंहको राजीनामा मागेका हुन् ।
सर्वोच्च अदालतले सिंहलाई भ्रष्टाचार ठहर गरी आदेश भएको र सिंह दोषी देखिएको निवेदनमा उल्लेख छ ।
‘राजनैतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को (ख) विपरीत तथा नेपाली कांग्रेसको नवौँ संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टीको साधारण सदस्यता नरहने ब्यहोरा उल्लेख भए बमोजिम निज सुरेन्द्र प्रसाद सिंहलाई यथाशीघ्र नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति पदबाट बरखास्त गरी नेपाली कांग्रेसको विधान बमोजिम नयाँ सभापति चयन गरियोस्‚’ निवेदनमा माग गरिएको छ ।
यदि यस विषयमा केन्द्रीय कार्यालयले गम्भीर नभए केन्द्रीय कार्यालयमा धर्ना दिने, रिले अनसन बस्ने जस्ता दबाबमूलक कार्यक्रमहरू गर्ने समेत उल्लेख गरिएको छ । राजीनामा माग्ने इतर समूह निकट नेताहरू हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण