विभिन्न समुदायको चरित्रले धेरै कुरो सिक्न पाएँ : दयाहाङ
काठमाडौँ । अभिनेताले दयाहाङ राईले विभिन्न समुदायको चरित्र निर्वाह गर्न पाउनु आफ्नो लागि भाग्यको कुरो भएको बताए । विभिन्न ठाउँ, समुदाय र मानिसको कथामा काम गर्न पाउँदा एकदमै आनन्द लाग्ने उनको धारणा थियो ।
मंगलबार ‘कार्साङ’को गीत ‘छुपुमा छुपु’ छायांकनको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विभिन्न समुदायको व्यक्तिको अभिनयले धेरै कुरा सिक्न र जान्न मिलेको बताए ।
थारु, मगर, तामाङ, राई, लिम्बू जस्ता समुदायको चरित्र बाँचिसकेका दयाहाङ पुस २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्साङ’मा शेर्पा चरित्रमा देखिँदैछन् । ‘कार्साङ’मा आफ्नो भूमिका झाँक्रीको रहेको उनले सुनाए ।
‘यो सम्पूर्ण शेर्पाहरुकै कथा नहुन सक्छ । एउटा भूगोलको कथा चाहिँ हो,’ उनी अगाडि थप्छन्, ‘फिल्मको कथा निर्देशक यम शेर्पा जुन गाउँ (सिन्धुपाल्चोक)मा हुर्कियो, त्यहीँको जीवनशैलीसँग सम्बन्धित छ । यसमा सांस्कृतिक कुराहरू पनि आएको छ, जुन रमाइलो छ ।’
दयाहाङ ‘कार्साङ’लाई परिवारबिचको सम्बन्धको कथा पनि भन्छन् । फिल्मको पक्ष दर्शकलाई नयाँ लाग्ने उनको विश्वास छ ।
‘कार्साङ’मा दयाहाङको जोडी अभिनेत्री सिर्जना निङलेख बनेकी छन् । पहिलो फिल्ममै दयाहाङसँग काम गर्न पाउदा खुसी रहेको निङलेखले बताइन् । ‘मलाई ‘कार्साङ’प्रति ठुलो अपेक्षा छ । पहिलो फिल्ममै दया दाईसँग काम गर्न पाएँ’, उनले भनिन् ‘पहिल्यैदेखि उहाँसँग काम गर्ने रहर थियो । त्यो रहर पूरा भयो । एकदमै खुसी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण