विभिन्न समुदायको चरित्रले धेरै कुरो सिक्न पाएँ : दयाहाङ

काठमाडौँ । अभिनेताले दयाहाङ राईले विभिन्न समुदायको चरित्र निर्वाह गर्न पाउनु आफ्नो लागि भाग्यको कुरो भएको बताए । विभिन्न ठाउँ, समुदाय र मानिसको कथामा काम गर्न पाउँदा एकदमै आनन्द लाग्ने उनको धारणा थियो ।
मंगलबार ‘कार्साङ’को गीत ‘छुपुमा छुपु’ छायांकनको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विभिन्न समुदायको व्यक्तिको अभिनयले धेरै कुरा सिक्न र जान्न मिलेको बताए ।
थारु, मगर, तामाङ, राई, लिम्बू जस्ता समुदायको चरित्र बाँचिसकेका दयाहाङ पुस २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कार्साङ’मा शेर्पा चरित्रमा देखिँदैछन् । ‘कार्साङ’मा आफ्नो भूमिका झाँक्रीको रहेको उनले सुनाए ।
‘यो सम्पूर्ण शेर्पाहरुकै कथा नहुन सक्छ । एउटा भूगोलको कथा चाहिँ हो,’ उनी अगाडि थप्छन्, ‘फिल्मको कथा निर्देशक यम शेर्पा जुन गाउँ (सिन्धुपाल्चोक)मा हुर्कियो, त्यहीँको जीवनशैलीसँग सम्बन्धित छ । यसमा सांस्कृतिक कुराहरू पनि आएको छ, जुन रमाइलो छ ।’
दयाहाङ ‘कार्साङ’लाई परिवारबिचको सम्बन्धको कथा पनि भन्छन् । फिल्मको पक्ष दर्शकलाई नयाँ लाग्ने उनको विश्वास छ ।
‘कार्साङ’मा दयाहाङको जोडी अभिनेत्री सिर्जना निङलेख बनेकी छन् । पहिलो फिल्ममै दयाहाङसँग काम गर्न पाउदा खुसी रहेको निङलेखले बताइन् । ‘मलाई ‘कार्साङ’प्रति ठुलो अपेक्षा छ । पहिलो फिल्ममै दया दाईसँग काम गर्न पाएँ’, उनले भनिन् ‘पहिल्यैदेखि उहाँसँग काम गर्ने रहर थियो । त्यो रहर पूरा भयो । एकदमै खुसी छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा गहुँ उत्पादन घट्यो
-
आधा छोटो बनाइयो सरकारको नीति तथा कार्यक्रम, भोलि सार्वजनिक हुने
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै