ट्रम्पले ग्रिनल्याण्ड किन्ने इच्छा राख्नासाथ डेनमार्कले बढायो रक्षात्मक खर्च
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आर्कटिक टेरिटोरी खरिदको इच्छा जाहेर गरेको केही समयमा डेनमार्क सरकारले ग्रिनल्याण्डको रक्षात्मक खर्च व्यापक रुपमा बढाएको छ । डेनमार्कका रक्षामन्त्री टोल्स लुण्ड पल्सनले प्याकेजमा रक्षा खर्च बढोत्तरीको जुक्ति लगाएका हुन् ।
ग्रिनल्याण्ड एक स्वायत्त डेनिश क्षेत्र हो भने जसको निकै रणनीतिक महत्व रहेको बताइन्छ । ग्रिनल्याण्डको मुख्य तीन नागरिक हवाई अड्डामा अपग्रेड जरुरी रहेको रक्षामन्त्री पल्सनले बताएका छन् । उनले भनेका छन्, ‘हामीले कयौँ वर्षदेखि आर्कटिक टेरिटोरीमा पर्याप्त लगानी गरेका छैनौं । अब एक मजबुद उपस्थितिको योजना बनिरहेको छ ।’
रक्षामन्त्रीले यकिन आँकडा नभने पनि ग्रिनल्याण्ड प्याकेज लगभग १२ देखि १५ बिलियन क्रोन हुने अनुमान डेनिश मिडियाहरुले गरेका भन्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण