‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्मेलन हुने
काठमाडौँ । ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ दुई दिने सम्मेलन बिहीबारदेखि हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा पुस ११ र १२ गते सो सम्मेलन जारी हुनेछ ।
स्वास्थ्य क्षेत्रका नीति निर्माता प्रवासी र स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासले नेपालको स्वास्थ्य सेवामा सकारात्मक परिवर्तन ल्याउने मन्त्रालयले विश्वास लिएको छ । ‘स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरूको संलग्नता’ नाराका साथ नेपाल हेल्थ कन्क्लेभ २०२४ हुन लागेको मन्त्रालयले जनाएको छ ।
सम्मेलनका लागि ९० भन्दा बढी देशबाट दर्ता नै भएका कुल १ हजारभन्दा बढी मध्ये ३०० जनाको भौतिक उपस्थिति र ७०० भन्दा बढीलाई भर्चुअल माध्यमबाट जोडिने व्यवस्था गरिएको छ ।
प्रवासी चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीको ज्ञान, सीप र श्रोतलाई नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउन प्रयोग गर्ने, प्रवासी र स्थानीय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीबिच ज्ञान र प्रविधिको हस्तान्तरणलाई प्रोत्साहन गर्ने, अनुसन्धान, नवीनता र तालिमका लागि सहकार्यलाई प्रवर्द्धन गर्ने र दीर्घकालीन संलग्नताका लागि नीतिगत सहजीकरण र रणनीति निर्माण गर्ने यस सम्मेलनको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
सम्मेलनका प्रमुख विषयवस्तुहरूमा प्रवासी संलग्नताको विश्वव्यापी अभ्यास, इ–हेल्थ र उन्नत स्वास्थ्य समाधान नीतिगत संवाद र दीर्घकालीन संलग्नता तथा अनुसन्धान, शिक्षा र नवीनता आदिमा प्रस्तुति छलफल, अनुभव आदानप्रदान र प्यानल छलफल हुनेछन् । यस सम्मेलनबाट मन्त्रालयले आसा गरेका अपेक्षित परिणामहरूमा नेपाल मेडिकल प्रवासी संलग्नता रूपरेखा तयार गर्नु स्वास्थ्य प्रणाली सुदृढ गर्न नीतिगत सिफारिसहरू प्रस्तुत गर्नु, प्राथमिक परियोजनाहरूको पहिचान र कार्यान्वयन गर्नु र स्थानीय र अन्तर्राष्ट्रिय चिकित्सक, स्वास्थ्यकर्मी र जनस्वास्थ्यकर्मीहरूबिच दीर्घकालीन सहकार्यका लागि रणनीतिहरू तयार गर्नु रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण