आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल
मुग्लिन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । यहाँको कालिका नगरपालिका–५ स्थित श्री पदमपुर आधारभूत विद्यालय ढेढौलीको ७० औँ वार्षिकोत्सव एवं विद्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले प्राप्त संविधानलाई रक्षा गर्दै औचित्य र आवश्यकताका आधारमा संशोधन गर्न सकिने बताएका हुन् ।
अध्यक्ष दाहालले भने, “ऐन कानुन निर्माणमा ढिलाइ हुनाले केही जटिलतामा छौँ, मौलिक अधिकारको हिसाबले हामी समृद्ध छौँ, तर पुरानो अवस्थातिर फर्किन खोज्नेबाट सजग हुनुपर्छ ।” जनताले अझै प्राप्त उपलब्धिको अनुभूति गर्न नपाएको उनले बताए ।
उनले भने, “संविधानसभाले संविधान बनायो । ठुलै चिज पाइयो भनियो तर अझै अनभूति गर्न पाएको छैन । जनताले केही नपाएको भने होइन, गणतन्त्र सङ्घीयता, धर्म निरपेक्षता, समावेशी, समानुपातिकलगायत थुप्रै अधिकार प्राप्त गरेका छन् ।” वर्तमान संविधानकै कारण महिला दलित उत्पीडित जाति, वर्ग, क्षेत्र र लिङ्गका मानिस सरकारमा जाने अवसर पाएको उनको भनाइ छ ।
उनले शिक्षक, विद्यार्थी र अभिभावक बीचको अन्तर सम्बन्धलाई ठीक ढङ्गले बुझाउन सक्नुपर्ने बताए । एक करोड लगानीमा निर्माण हुन लागेको विद्यालय भवनको अध्यक्ष दाहालले शिलान्यास गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण