एमपक्सबाट कसरी जोगिने ?
काठमाडौँ । ‘एमपक्स’ एक प्रकारको ‘भाइरल जुनोटिक डिजिज’ रोग हो । अर्थात् यो रोग भाइरसका कारणले जनावरबाट मान्छेमा सर्छ । तर पहिला जनावरबाट मान्छेमा सरेर आए पनि हाल यो रोग मान्छेबाट मान्छेमा सर्ने गर्दछ ।
यो एक प्रकारको ‘भाइरल इन्फेक्सन’ हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका छाला तथा यौनरोग विशेषज्ञ तथा एमपक्सको फोकल पर्सन डा. शिवेन्द्र झा अनुसार यसबाट बच्न ‘आइसोलेट’ नै भरपर्दो उपाय हो ।
त्यो रोगका बिरामीलाई सकेसम्म धेरै मान्छेले नभेटौँ । नभेट्ने बित्तिकै सर्न सक्ने सम्भावना कम हुन्छ । शङ्का लागेमा चिकित्सकसँग सरसल्लाह लिने गर्नुपर्छ’, उनले भने, ‘शङ्का लागेमा अस्पताल गएर परीक्षण गराउनुपर्छ । हामीले कोरोना महामारीका समयमा पालना गरेको स्वास्थ्य मापदण्ड लागु गर्ने र त्यसलाई पालना गरेमा पनि यसबाट जोगिन सकिन्छ ।’
उनले थपे, ‘नेपालमै यो सङ्क्रमण भित्रभित्रै फैलिएको छैन । बाहिरबाट आउने व्यक्तिबाटै यसको जोखिम बढ्छ । नेपालका मानिस विभिन्न मुलुकमा छन् । उनीहरूको आउजाउ भइरहन्छ । त्यस कारण मुख्य नाका, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठाउँमा निगरानी गर्नुपर्छ ।’
उनका अनुसार यो रोगबाट जोगिन व्यक्ति आफैँ पनि सतर्क हुनुपर्छ । यो रोगको औषधि अफ्रिकन मुलुकले प्राप्त गरेको छ । नेपालमा यसको औषधि छैन । स्याहार र सतर्कता अपनाउनु नै जोगिने सबैभन्दा राम्रो उपाय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण