पानमा नहर र ग्रिनल्यान्डबारे गम्भीर छन् ट्रम्प
वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर र ग्रिनल्यान्ड कब्जाको मुद्दा फेरि दोहोर्याएका छन् । क्रिसमसको अवसरमा जारी गरेको विज्ञप्तिमा ट्रम्पले यी कुराहरू दोहोर्याएका हुन् । साथै क्यानडाबाट अमेरिकामा भइरहेको अवैध आप्रवासन रोक्न नसके क्यानडामा भारी शुल्क लगाउने कुरा पनि गरेका छन् ।
सामाजिक सञ्जालमा गरेका थिए पोस्टहरू
ट्रम्पले सामाजिक सञ्जालमा कयौँ पोस्ट गरेका थिए । यसमा क्रिसमसको शुभकामनाका साथै पानमा नहर बनाउने कार्य ११० वर्षसम्म निर्माण कार्य चल्दा आफूहरू ३८ हजार मानिस गुमाएको लेखेका छन् ।
पानामालाई अवैध रूपमा सञ्चालन गरिरहेको भन्दै चीनका अद्भुत सैनिकहरूलाई उनले गिस्याउँदै बधाई पनि लखेका छन् । अमेरिकाले नहरको पुनर्निर्माणमा अर्बौं डलर खर्च गर्छ, तर यसबारे केही नबोल्ने पनि उनले पोस्टमा लखेका छन् ।
ग्रिनल्यान्डका मानिसहरूलाई राष्ट्रिय सुरक्षाका लागि अमेरिका चाहिएको, उनीहरूले अमेरिका त्यहाँ आओस् भन्ने चाहेको र आफूहरू जाने पनि अर्को पोस्टमा उनले भनेका छन् ।
अर्को एउटा पोस्टमा चाँहि उनले क्यानडाका गभर्नर जस्टिन टूडोलाई क्रिसमसको शुभकामना दिएका छन् । । त्यहाँको नागरिक करहरू अति नै उच्च भएको तर क्यानडा अमेरिकी भाग भएको भए उनीहरूको कर ६० प्रतिशतले कटौती हुने अनि व्यापार पनि दोब्बर हुने उनले लेखेका छन् । यसको साथै क्यानडाले सैन्य सुरक्षा पनि पाउने उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण