सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट पारित
काठमाडौँ । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसहमतिले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकले उक्त विधेयकलाई सर्वसहमितले पारित गरेको हो ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको अर्थ समितिमा आएको सुरक्षित कारोबार ऐनलाई केही संशोधनसहित पारित गरेको छ । समिति बैठकमा बोल्दै अर्थ समिति सभापति सन्तोष चालिसेले विधेयकका विषयमा विज्ञ, अर्थ मन्त्रालय र कानुन मन्त्रालय, संशोधनकर्ता सांसदहरु र सांसदहरूबिच विधेयकका विषयमा दफावार समेत गरी लामो छलफल पश्चात समितिले विधेयकलाई पास गरेको बताए । उनले सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी, बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको बताए ।
सभापति चालिसेले ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरूलाई सहज र फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले अब बस्ने संसदमा समितिले पास गरेको विधेयक पेस गर्ने तयारी गरिने बताए । उनले अर्थ समितिमा रहेका ६ विधेयकमध्ये दुईवटा विधेयक समितिबाट पास गरेको बताए ।
उनले भने,‘सुरक्षित कारोबार ऐनले साना–साना घरायसी भैँसी, बाख्रा किनबेचदेखि अन्य प्रकारका कारोबारलाई समेत सुरक्षित बनाउने गरी ऐन पास भएको छ । ऐन संसदबाट पास भएर कार्यान्वयनमा आएसँगै साना व्यापारीहरूलाई सहज र फाइदा पुग्नेछ । ऐन लागू भएपनि सुरक्षित कारोबार रेकर्ड राख्ने स्थानीय तहमा कार्यालय बन्ने र त्यहीबाट काम हुनेछ ।’
समितिले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा चल सम्पत्ति धितो राखी गरिने कारोबारलाई सुरक्षित बनाउने सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल सम्पत्ति भन्ने शब्द राखेको छ । विधेयकको दफा ८ को उपदफा १ मा सामान्य कुनै त्रुटि भएपनि भन्ने शब्दहरूको सट्टा धितो सम्बन्धी सम्झौतामा फरक नपर्ने सामान्य त्रुटि भएपनि भन्ने शब्द राखेर विधेयक पारित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण