डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ । डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर भन्ने होम बहादुर मगर रहेका छन् ।
मगरले दुई जना युवतीलाई डिपेन्डेन्ट भिसामा कोरियालगायतका देशमा लैजान्छु भनी ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए । उनले सामाजिक सञ्जालका माध्यमबाट साथी बनी कोरियालगायतका देशमा डिपेन्डेन्ट भिसामा लैजाने भन्दै विश्वास तथा प्रलोभनमा पारी रकम जम्मा गर्न लगाएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
मगरलाई काठमाडौँ महानगरपालिका–३ बाँसबारीबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ । मगरसँग २१ लाख बिगो रकम माग गरिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण