लागु औषधसहित ७ जना पक्राउ
हेटौंडा । मकवानपुरको विभिन्न स्थानबाट लागु औषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । हेटौंडाको हटिया र पुरानो मकवानपुर रोडबाट लागु औषध खैरो हेरोइनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१७ हटिया दाविलेबाट बिहीबार राति ९ बजेको समयमा २.५४ ग्राम खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी चौकी हटिया मकवानपुरबाट खटिएको प्रहरी टोलीले हटिया दाविलेस्थित विदन कुमार भुजेलको घरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय भुजेलसहित बारा विश्रामपुर गाउँपालिका–८ नकाटुवा टोल बस्ने वर्ष २१ को शेख आजाद रहेका छन् ।
शंकाका आधारमा खानतलासी गर्दा उनीहरूको साथबाट २.५४ ग्राम लागु औषध फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए । पक्राउ परेका भुजेल र आजादलाई नियन्त्रणमा मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ ।
त्यस्तै प्रहरीले ४ ग्राम लागु औषधसहित ५ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताए । बिहीबार दिउँसो ३ बजेको समयमा विशेष सूचनाको आधारमा हेटौंडा–२ स्थित पुरानो मकवानपुर रोडबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक खड्काका अनुसार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुरानो मकवानपुर रोड स्थित शिशिर राजथलाको घरबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ३१ वर्षीय राजथलासहित, सोही स्थान बस्ने ३० वर्षीय निरन श्रेष्ठ, ३५ वर्षीय सुदिप भुर्तेल, हेटौंडा–४ बस्ने ३० वर्षीय असिम कुमार बर्तौला र हेटौंडा–१ बस्ने ३० वर्षीय ओम साह रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण