दुर्गा प्रसाईंले ‘भ्वाइस टेष्ट’ गराउन मानेनन्
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘तारेख’मा राखेको छ । उनी लाजिम्पाटस्थित ब्यूरोको कार्यालयमा हाजिर गर्न जान्छन् ।
आपराधिक लाभसम्बन्धी मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्गा प्रसाईंलाई अनुसन्धान अधिकृतहरूले ‘भ्वाइस टेष्ट’को लागि स्याम्पल दिन आग्रह गरेका छन् । तर, प्रसाईंले स्वरको स्याम्पल दिन अस्वीकार गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृत भन्छन्, ‘उहाँले भ्वाईस टेष्ट गराउन अस्वीकार गर्नुभएको छ ।’
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिश्चन्द फुयलसँग प्रसाईंको ‘कनेक्सन’ देखिएको छ । प्रसाईंले फुयलसँग फोनमा कुरा गरेको भेटिएको छ । तर, पसाईंले आफूले उनलाई फोन गरेको अस्वीकार गर्दै भारतबाट फुयलले गरेको फोनमात्र रिसिभ गरेको जिकिर गरेका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार प्रसाईंले नै फुयललाई पटकपटक फोन गरेको भ्वाईस रेकर्ड फेला परेको छ । सो रेकर्डबारे जाँच गर्न प्रहरीले उनलाई स्वरको स्याम्पल दिन भनेका हुन् ।
फुयलले प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।
बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्च अदालतका न्यायाधिशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेका थिए । त्यसपछि उनी थुनाबाहिर छन् ।
सो आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले रातोपाटीलाई बताए । उनले भने, ‘सर्वोच्चबाट पत्र आएको छैन, पत्र प्राप्त भएपछि पुनरावलोकनमा जान्छौँ ।’
यसअघि उनी साइबरसम्बन्धी कसुरमा ४० हजार धरौटी बुझाएर छुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण