लुम्बिनी प्रदेश सभा बैठक पुस १६ गतेका लागि बोलाइयो
शुक्रबार, १२ पुस २०८१, २० : ५१
बुटवल । लुम्बिनी प्रदेश सभा बैठक पुस १६ गते मंगलबारका लागि बोलाइएको छ । लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै पुस १६ गते प्रदेश सभा बैठक बस्ने जनाएको हो ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम माननीय प्रदेश प्रमुख श्री कृष्णबहादुर घर्तीमगरज्यूबाट लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन सम्वत् २०८१ साल पौष १६ गते मंगलबार दिनको २ः०० बजे बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
यसअघि लुम्बिनी मन्त्रिपरिषद्को बैठकले प्रदेश सभा बैठक आह्वानका लागि सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण