गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु, एक जना घाइते
शनिबार, १३ पुस २०८१, ०९ : २८
बुटवल । गुल्मीको सत्यवती गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराति भएको दुर्घटनामा अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
रिडीबाट पूर्तिघाट तर्फ जाँदै गरेको लु१क ५४०० नम्बरको टिपर सत्यवती गाउँपालिका – २ को पाहादीस्थित कालिगण्डकी करिडोरमा दुर्घटना हुँदा टिपर चालक पाल्पाको रैनादेवि छहरा गाउँपालिका – १ निवासी २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परि सल्यानको वनगाउँ–७ बस्ने २३ वर्षका मोहन जैसी घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण