वैवाहिक वर्षगाँठ मनाउन जनकपुर पुगे बेलायती राजदूत
धनुषा । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाएका छन् । मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएर फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन्।
त्रेतायुगमा भगवान् रामले जनकपुरमै विवाह गरेकाले आफ्नो वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको राजदूत फेनले बताए । फेनकी धर्मपत्नी जुलियाले पनि मिथिलामा दुल्हनले सौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिएकी थिइन् । बेहुला र बेहुलीले लगनगाँठो कसेझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरूले जानकी मन्दिरमा दर्शन पनि गरे ।
फेनले जुलियालाई अँगुठी पनि पहिराएका थिए । उनीहरूले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रीतिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए ।
जनकपुरधाममा आफ्नो २२ औँ वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरूमा श्रीमतीसहित सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको राजदूत फेनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण