राजेन्द्र महतो नेतृत्वको पार्टीमा थारु युवाको प्रवेश
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले युवा वर्गको सक्रिय सहभागिताले राष्ट्रिय मुक्ति क्रान्ति सफल हुने बताएका छन् । आज पार्टी कार्यालयमा केही थारु युवालाई पार्टीमा प्रवेश गराउँदै उनले जनजातिहरूको हक अधिकार र समानताको आन्दोलनमा युवाको भूमिकाबारे चर्चा गर्दै उनले समानताको आन्दोलनका लागि राष्ट्रिय मुक्ति पार्टी निरन्तर सङ्घर्षमा रहेको बताए ।
सामूहिक प्रवेश गर्ने थारु युवाले राष्ट्रिय मुक्ति पार्टीको विचारधारा र उद्देश्यप्रति प्रतिबद्धता व्यक्त गर्दै देशमा न्याय, समानता र समृद्धिको स्थापनाका लागि सक्रिय योगदान दिने प्रतिबद्धता जारी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमले राष्ट्रिय मुक्ति क्रान्तिलाई थप बलियो बनाउँदै देशका जनजातिहरूको विश्वास र सहकार्य पार्टीप्रति अभिवृद्धि भएको सङ्केत रहेको उनी हरुले उल्लेख गरेका छन् ।
सिराहा, सप्तरी, दाङका थारु युवासहित ३८ जनाले राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका अध्यक्ष राजेन्द्र महतोले टिका लगाएर स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण