राजेन्द्र महतो नेतृत्वको पार्टीमा थारु युवाको प्रवेश

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले युवा वर्गको सक्रिय सहभागिताले राष्ट्रिय मुक्ति क्रान्ति सफल हुने बताएका छन् । आज पार्टी कार्यालयमा केही थारु युवालाई पार्टीमा प्रवेश गराउँदै उनले जनजातिहरूको हक अधिकार र समानताको आन्दोलनमा युवाको भूमिकाबारे चर्चा गर्दै उनले समानताको आन्दोलनका लागि राष्ट्रिय मुक्ति पार्टी निरन्तर सङ्घर्षमा रहेको बताए ।
सामूहिक प्रवेश गर्ने थारु युवाले राष्ट्रिय मुक्ति पार्टीको विचारधारा र उद्देश्यप्रति प्रतिबद्धता व्यक्त गर्दै देशमा न्याय, समानता र समृद्धिको स्थापनाका लागि सक्रिय योगदान दिने प्रतिबद्धता जारी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रमले राष्ट्रिय मुक्ति क्रान्तिलाई थप बलियो बनाउँदै देशका जनजातिहरूको विश्वास र सहकार्य पार्टीप्रति अभिवृद्धि भएको सङ्केत रहेको उनी हरुले उल्लेख गरेका छन् ।
सिराहा, सप्तरी, दाङका थारु युवासहित ३८ जनाले राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टीका अध्यक्ष राजेन्द्र महतोले टिका लगाएर स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री शाहद्वारा क्रिकेट टोलीकाे बिदाइ
-
कमल थापा, दिपक सिंहसहित सात जना रिहा
-
धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
जावलाखेल टू बुङ्मति : १० वर्षपछि रातो मच्छिन्द्रनाथलाई यसरी गरियो विराजमान (तस्बिरहरू)
-
डोटीमा अन्तरपालिकास्तरिय भलिबल प्रतियोगिता सुरू