अखिल क्रान्तिकारीमा धाँधलीको आरोप, नतिजा अनिश्चित
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीमा ३२ वर्ष उमेरहद लगाउने कि खुला गर्ने भन्ने विषयमा विवाद हुँदा मत परिणाम घोषणा रोकिएको छ । बैतडी, बाजुरा, मोरङ र गुल्मी जिल्लामा फर्जी मत परेपछि विवाद उत्पन्न हुँदा अन्तिम मतपरिणाम रोकिएको हो ।
स्रोतका अनुसार यी मतदान केन्द्रका मताहाल्ने प्रतिनिधि वास्तविक नभई फर्जी भएको उजुरी परेपछि प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानले सम्बन्धित स्थानबाट कागजात आएपछिमात्र मतपरिणाम सार्वजनिक गर्ने सूचना प्रकाशित गरेका छन् ।
‘अनेरास्ववियू(क्रान्तिकारी)को मिति २०८१ पौष १३ गते सञ्चालन भएको उमेर हद सम्बन्धी निर्वाचनको भूगोल र गैह्र भूगोलका जिल्लाहरूका मतदान केन्द्रहरूबाट निर्वाचन सम्बन्धी कागजपत्रहरू प्राप्त हुन बाँकी भएकोले उक्त कागजातहरू प्राप्त भएपश्चात्मात्र मत गणनाको पूर्णताले प्राप्त गर्ने हुँदा तत्पश्चात् मत गणना परिणाम सार्वजनिक गरिनेव्यहोरा सम्बद्ध सबैलाई अवगत गराउन चाहन्छौँ,’ प्रधानले जारी गरेको सूचनामा उल्लेख छ ।
उमेरहद लगाउने र खुला गर्ने दुवैपक्षले धाँधली भएको केन्द्रमा पुनः मतगणना गर्न माग गरी उजुरी दिएका छन् । २९ जना प्रतिनिधि रहेको बैतडीमा वास्तविक २ जना प्रतिनिधिले मात्र मतदान गरेको पाइएको छ । १६ जना प्रतिनिधि काठमाडौँमा रहेका, अन्य प्रतिनिधि गाउँतिरै रहेको पाइएको छ । यो केन्द्रमा सबै फर्जी मत परेको स्रोतले दाबी गरेको छ ।
यस्तै २० जान प्रतिनिधि रहेको बाजुरामा १५ जना वास्तविक प्रतिनिधि काठमाडौँमा रहेको पाइएको छ । यहाँ पनि फर्जी मत परेको उजुरीमा परेको छ । ३८ जना प्रतिनिधि रहेको मोरङ र २४ जना प्रतिनिधि रहेको गुल्मीमा पनि फर्जी मत परेको उजुरी परेको छ ।
‘केही जिल्लामा फर्जी मत परेको उजुरी परेको छ । त्यहाँ फेरी मतदान हुनुपर्छ भनेर माग गरिएको छ । यो विवाद समाधान नभएसम्म अन्तिम मतपरिणाम सार्वजनिक हुँदैन । उमेरहद लगाउनुपर्ने र खुला गर्नुपर्छ भन्ने दुवैको उजुरी परेको छ’, रातोपाटीसँग स्रोतले भन्यो ।
शनिबार भएको निर्वाचनमा कुल २४२८ प्रतिनिधिमध्ये करिब १८ सय प्रतिनिधिले मतदान गरेको पाइएको छ । मतगणना सम्पन्न हुँदासम्म करिब ५ भोटले खुला पक्षधर अगाडि रहेको स्रोतको दाबी छ । तर दुवै पक्षले धाँधली भएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण