१२ वर्षपछि गैरआवासीय नेपालीको हातबाट ‘खोसियो’ एनआरएन इन्फास्ट्रक्चर

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड सञ्चालक समितिको सेट नै परिवर्तन भएको छ । शुक्रबार बसेको कम्पनीको साधारणसभाले नयाँ ६ जना सञ्चालक निर्वाचित गरेको हो ।
त्यसरी निर्वाचित सञ्चालकहरुमा विश्वराज नेपाल, सीताराम थपलिया, राजीव प्याकुरेल, दिनुका पोखरेल, तिलक कोइराला र विमल कुमार भट्टराई रहेका छन् । त्यसमध्ये दिनुका निर्विरोध निर्वाचित भएकी हुन् भने बाँकी सञ्चालकका लागि निर्वाचन भएको थियो ।
निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सीताराम थपलियालाई अध्यक्षमा नियुक्त समेत गरिसकेको छ । थपलिया नेपाल स्टक एक्सचेञ्जका पूर्व महाप्रबन्धक हुन् । जसअनुसार गैरआवासीय नेपालीको हातबाट नेतृत्व खोसिएको छ ।
यसअघि उक्त कम्पनीको बोर्डको अध्यक्षमा शेष घले थिए भने सञ्चालकहरुमा कुल आचार्य, हिक्मत थापा, रमेश अर्याल, संगीता केसी, भरत कुमार थापा, रमेश पोखरेल र दिलीप मुनकर्मी थिए । तीमध्ये पोखरेल र मुनकर्मी स्वतन्त्र सञ्चालक हुन् । त्यसमध्ये मुनकर्मीले समेत शुक्रबार नै राजीनामा दिएर बाहिरिएका छन् । नयाँ निर्वाचनसँगै आठ जनाको स्वतन्त्र सञ्चालकसहित ८ जनाको टीम बन्ने भएपछि उनले राजीनामा दिएको बताएका छन् ।
१२ वर्षअघि खुलेको एनआरएन इन्फास्ट्रक्चरमा हालसम्म एनआरएनहरुको नेतृत्व रहँदै आएको थियो । कम्पनी संस्थापना हुँदा जीवा लामिछानेको नेतृत्व रहेको थियो । उनले कम्पनीमा दुई कार्यकाल चलाएका थिए । त्यसपछि घले नेतृत्वमा आएका थिए र सञ्चालकहरुमा समेत एनआरएनहरुको वर्चस्व रहँदै आएको थियो ।
अहिले उक्त कम्पनीका सबै शेयर साधारण छ । शेयर बजारमा सक्रिय रुपमा लाग्ने समूहबाट बहुमत जुटाएर एआआरएनहरुलाई सञ्चालक समितिमा आउन रोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता महाधिवेशनबाट निर्वाचित कमिटीलाई बद्री केसी समूहले गरायो सचेत
-
ऐतिहासिक कांस्य पदक जितेकी एरिका सम्मानित
-
नबिल बैंकले पायो ‘द बैंकर्स टेक्नोलोजी’ अवार्ड
-
सुदूरपश्चिममा तीन जनामा कोरोना पुष्टि
-
‘भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पूरा गर्न असम्भव’
-
तनहुँमा बस र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु