१२ वर्षपछि गैरआवासीय नेपालीको हातबाट ‘खोसियो’ एनआरएन इन्फास्ट्रक्चर
काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड सञ्चालक समितिको सेट नै परिवर्तन भएको छ । शुक्रबार बसेको कम्पनीको साधारणसभाले नयाँ ६ जना सञ्चालक निर्वाचित गरेको हो ।
त्यसरी निर्वाचित सञ्चालकहरुमा विश्वराज नेपाल, सीताराम थपलिया, राजीव प्याकुरेल, दिनुका पोखरेल, तिलक कोइराला र विमल कुमार भट्टराई रहेका छन् । त्यसमध्ये दिनुका निर्विरोध निर्वाचित भएकी हुन् भने बाँकी सञ्चालकका लागि निर्वाचन भएको थियो ।
निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सीताराम थपलियालाई अध्यक्षमा नियुक्त समेत गरिसकेको छ । थपलिया नेपाल स्टक एक्सचेञ्जका पूर्व महाप्रबन्धक हुन् । जसअनुसार गैरआवासीय नेपालीको हातबाट नेतृत्व खोसिएको छ ।
यसअघि उक्त कम्पनीको बोर्डको अध्यक्षमा शेष घले थिए भने सञ्चालकहरुमा कुल आचार्य, हिक्मत थापा, रमेश अर्याल, संगीता केसी, भरत कुमार थापा, रमेश पोखरेल र दिलीप मुनकर्मी थिए । तीमध्ये पोखरेल र मुनकर्मी स्वतन्त्र सञ्चालक हुन् । त्यसमध्ये मुनकर्मीले समेत शुक्रबार नै राजीनामा दिएर बाहिरिएका छन् । नयाँ निर्वाचनसँगै आठ जनाको स्वतन्त्र सञ्चालकसहित ८ जनाको टीम बन्ने भएपछि उनले राजीनामा दिएको बताएका छन् ।
१२ वर्षअघि खुलेको एनआरएन इन्फास्ट्रक्चरमा हालसम्म एनआरएनहरुको नेतृत्व रहँदै आएको थियो । कम्पनी संस्थापना हुँदा जीवा लामिछानेको नेतृत्व रहेको थियो । उनले कम्पनीमा दुई कार्यकाल चलाएका थिए । त्यसपछि घले नेतृत्वमा आएका थिए र सञ्चालकहरुमा समेत एनआरएनहरुको वर्चस्व रहँदै आएको थियो ।
अहिले उक्त कम्पनीका सबै शेयर साधारण छ । शेयर बजारमा सक्रिय रुपमा लाग्ने समूहबाट बहुमत जुटाएर एआआरएनहरुलाई सञ्चालक समितिमा आउन रोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण