लन्डनको ‘इण्डिगो एट द ओटु’ मा कन्दराले ३२ औँ वार्षिकोत्सव मनाउँदै
लन्डन । लन्डनको विश्व प्रतिष्ठित ऐतिहासिक कन्सर्ट हल ‘इण्डिगो एट द ओटु’ मा कन्दराले ३२ औँ वार्षिकोत्सव मनाउने भएको छ । सन् २०२५ जनवरी ४ तारिख साँझ ओटुमा हुन गइरहेको ३२ औँ वार्षिकोत्सव तथा कन्दरा र स्वप्न सुमन कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजक मामाघर इन्टरटेनमेन्ट लि. का निर्देशक विमल तिमिल्सेनाले जानकारी दिए ।
बेलायतका १० जना नेपाली युवाहरूको संयुक्त कम्पनी मामाघर इन्टरटेनमेन्ट लि. ले इण्डिगो एट द ओटुमा गायक विवेक श्रेष्ठसहित कन्दरा ब्यान्ड र गायक स्वप्न सुमन एवं उनको ब्यान्ड द आस्टर्स लाई प्रस्तुत गर्न लागेको हो ।
‘पहिला घरदेश अनि परदेश’ को नारासहित नेपालपछि विश्व टुरमा निस्कने तयारीमा रहेको कन्दराको लन्डन शो परदेशमा पहिलो प्रस्तुति हुनेछ । यस अघि गत नोभेम्बर ९ तारिख काठमाडौँमा आयोजना गरिएको कन्सर्टमा राम्रो प्रशंसा बटुल्न सफल भएका थिए ।
‘इभेन्ट फर अल जेनेरेसन’ अन्तर्गत स्वप्न सुमन र उनको आस्टर्स ब्यान्डसमेत संलग्न हुने उक्त इभेन्टमा बेलायतको स्कटल्यान्ड, वेल्स्, मिडल्यान्ड तथा युरोपबाट समेत दर्शक आउने आयोजकले बताएका छन् । कन्दरा र स्वप्नका ७/७ जना ब्यान्ड सदस्यहरू कन्सर्टकै लागि नेपालबाट जनवरी २ तारिख लन्डन आउँदै छन् ।
साँझ ७ बजे स्वप्न सुमनबाट ओपनिङ भएपछि ८ बजेसम्म उनको प्रस्तुति रहने र त्यसपछि कन्दराको २ घण्टा ननस्टप लगत्तै ३२ वर्षको सेलिब्रेसन हुनेछ ।
नेपालबाट दुई ब्यान्डका कुल १५ जना कलाकार र भेन्यूसमेत महँगो भएकाले उक्त कन्सर्टको अनुमानित खर्च खर्च झन्डै ९० हजार पाउन्ड हुने आयोजकले जनाए । करिब दुई हजार ८ सय जनाको सिट क्षमता रहेको ‘इण्डिगो एट द ओटु’ मा ठुला ठुला विदेशी कार्यक्रमहरू हुने गर्दछन् ।
हालसम्म अन्य सबै क्याटेगरीका टिकटहरू विक्री भइसकेको र रियर बाल्कोनी स्टान्डिङ र फ्लोर स्टान्डिङको लागि मात्र बाँकी रहेको छ । कन्सर्ट सकिएपछि राती ११ देखि बिहान ५ बजेसम्म स्टुडियो ३३८ मा आफ्टर पार्टी (भान्जाभान्जी पार्टी) पनि गरिने मामाघरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण