मौलिक पहिचान र संस्कृतिको जगेर्नामा जोड दिनुपर्छ : देवकोटा
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मौलिक पहिचान र संस्कृतिको जगेर्नामा जोड दिनु पर्ने बताएका छन् । उनले सुसंस्कृत र सभ्य समाज निर्माणमा मौलिक परम्पराले थप टेवा पुग्ने बताए ।
सोमबार तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले मौलिक चाडपर्वहरू राष्ट्रका अमूल्य गहना रहेको बताए । नेपाल बहुजातीय, बहुधार्मिक, बहुसंस्कृतिक विशेषताले भरिएको विविधतामा एकताको अनुपम नमुना भएको उनले बताए ।
‘नेपाल आफैमा एक विश्व हो, हामीले आफ्नो मौलिक पहिचानको संरक्षण र संवर्द्धनमा यथाशक्य जोड दिनुपर्दछ ।' उनले भने, 'सभ्य, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा मौलिक परम्पराले थप टेवा दिनेछ । यी पक्षहरूलाई सुखी जीवनको मानकको रूपमा लिन जरुरी रहन्छ ।'
मौलिक संस्कृतिका रक्षार्थ सभ्य, अनुशासित र अर्थ पूर्ण क्रियाकलापहरू प्रति सबैको गर्व र समर्थन हुनु आवश्यक रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण