शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
राजनीति

झापाबाट प्रधानमन्त्री ओलीलाई प्रचण्डले भने– गिरिबन्धु फाइल खोलेरै छाडिन्छ

सोमबार, १५ पुस २०८१, १५ : ४१
सोमबार, १५ पुस २०८१

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दोहोर्‍याएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् । 

‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु ।  मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ’, उनले भने । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप