विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । मकवानपुर, प्युठान, बारा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चाक्ले बगरस्थित सडकमा सुपप्र ०१–००१ च २९४६ नम्बरको बोलेरो पिकअप आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार कैलाश गाउँपालिका–३ बस्ने ५६ वर्षीय शन्तबहादुर गोम्बाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै प्युठानको प्युठान नगरपालिका–७ टिकुरी बसपार्कस्थित सडकमा लु.९१ प १३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मल्लरानी गाउँपालिका–४ बासखोला बस्ने ७८ वर्षीय रामचन्द्र शाहको आइतबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
उता बाराको निजगढ नगरपालिका–९ बकैयास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको निजगढस्थित सीटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.७ प ४०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक भारत महारागंज ठुटेबारी बस्ने ३२ वर्षीय जितेन्द्र बासफोरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण