अवस्था परिवर्तनको मुद्दा अहिलेको आवश्यकता हो : मन्त्री काफ्ले
हेटौंडौ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले राजनीतिक परिवर्तनसँगै अहिलेको मुद्दा अवस्था परिवर्तनको रहेको बताएका छन् । उनले व्यवस्था परिवर्तनसँगै अब अवस्था परिवर्तनको आन्दोलनमा अग्रसर हुन जरुरी रहेको बताएका हुन् ।
४९औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस २०८१ को अवसरमा बिपी विचार समाज मकवानपुरले सोमबार हेटौंडामा आयोजना गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले अवस्था परिवर्तनको आन्दोलनलाई दबाउन खोजे देश निर्माण हुन नसक्ने बताए । वर्तमान व्यवस्थालाई बलियो बनाउन जनतालाई सही सूचना दिनुपर्ने उनको भनाई छ ।
मन्त्री काफ्लेले समाज रूपान्तरणको लागि राजनीतिक नेतृत्वले स्पष्ट रूपमा नागरिकहरूको माझमा जान जरुरी रहेको बताए । सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने नेतृत्वले कमजोरी गर्न नहुने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै उनले नयाँ राजनीतिक दलको उदय सामान्य भएपनि ती दलहरूले जनतामा गलत भ्रम फैलाएको बताए ।
मन्त्री काफ्लेले राजनीतिक दलहरूप्रति जनताको आक्रोश र निराश स्वभाविक भएको बताए । निर्वाचनको बेला सबै राजनीतिक दलले चुनावी घोषणापत्रमा शिक्षा, स्वास्थ्य निः शुल्क एजेण्डा बोकेपनि व्यवहारमा लागु गर्न नसकेकै कारण जनताको असन्तुष्टि बढेको उनको भनाई छ । उनले राज्यको सबै क्षेत्रमा जनताको समान पहुँच हुने गरी निर्वाचित जनप्रतिनिधिहरूले काम गर्नुपर्नेमा जोड दिए ।
बिपी विचार समाज मकवानपुरका अध्यक्ष विनोद चन्द्र कोइरालाको सभाध्यक्षतमा भएको कार्यक्रममा सहभागी वक्ताहरूले बिपीले नेपालको राजनीति र साहित्य क्षेत्रमा खेलेको भूमिकाको चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण