नेपाललाई ४ स्वर्ण
सोमबार, १५ पुस २०८१, २१ : ०७
काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौँ मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन् । यसबाहेक नेपालले थप समान १–१ रजत र कांस्य पनि प्राप्त गरेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् ।
पुरुष पुम्से ३० वर्षमाथि चन्द्र राना मगर, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोशा राणाले स्वर्ण जिते । निरोशाले जुनियर ५२ केजीमुनि कांस्य पनि जितिन् । सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत हात पारिन् ।
चीनको नान्जिङमा भएको प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बनिन् । नेपालका विकेश विडारी टोलीका प्रशिक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण