सूर्यदर्शन सहकारी ठगी : बयान अन्तिम चरणमा, आजै थुनछेक बहस सुरु हुने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेसमेत जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान अन्तिम चरणमा पुगेको छ । हालसम्म ६ जनाको बयान सकिएको र प्रतिवादी आरती गुरुङसँग बयान चलिरहेको अदालतले जनाएको छ ।
लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाई, रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग यसअघि नै बयान सकिएको हो । आरतीसँग बयान सकेर आजै थुनछेक बहस सुरु हुने स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
‘बयान अन्तिम चरणमा पुगेको छ । सम्भवतः आजै थुनछेक बहस सुरु हुनेछ,’ उनले भने । यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ । प्रतिवादीहरू सबैलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
-
बाजुरामा पहिरोको जोखिम बढ्यो : १६ घरधुरी प्रभावित, ३ उच्च जोखिममा
-
नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण