सहकारी ठगी प्रकरण
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविसहितको बयान सकियो
मङ्गलबार, १६ पुस २०८१, १४ : २२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दाको बयान सकिएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा रविसहित ७ जनाको बयान सकिएको हो ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ ।
उनीहरुसँगको बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस हुने अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
-
कांग्रेस नीति प्रतिष्ठानको बैठक साउन १० गते बस्ने
-
बाजुरामा पहिरोको जोखिम बढ्यो : १६ घरधुरी प्रभावित, ३ उच्च जोखिममा
-
नेपालमा २०० र ५०० दरका भारतीय नोट बोक्न खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण