लुम्बिनीको कार्यव्यवस्था परामर्श समितिमा हेरफेर
मङ्गलबार, १६ पुस २०८१, २० : ३६
बुटवल । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकले मंगलबार कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ ।
समितिमा एमालेबाट तुलसीप्रसाद चौधरी, यमुना रोका तामाङ, कांग्रेसबाट जमुना ढकाल र निमा गिरी, माओवादीबाट इन्द्रजित थारू, राप्रपाबाट मीनाकुमारी श्रेष्ठ, जनमतबाट सुमन शर्मा रायमाझी, नागरिक उन्मुक्तिबाट राजकुमार चौधरी, लोसपाबाट हेमा बेल्वासे र जसपा नेपालबाट भण्डारीलाल अहिर परेका छन् ।
लुम्बिनी प्रदेशसभा नियमावली नियम १४ (१) अनुसार सभामुखको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गर्न सक्ने व्यवस्था छ । सोहीअनुसार पहिलो बैठकमा सभामुख तुलाराम घर्ती मगरले कार्यव्यवस्था समिति हेरफेर गरेको जानकारी गराएका हुन् ।
चौथो अधिवेशन अन्त्य भएको साढे तीन महिनापछि लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन सुरु भएको हो । दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण