अर्जुनचौपारी गाउँपालिका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको उजुरीमा अनुसन्धान पछि अख्तियारले भ्रष्टाचारको भएको पाइएको भन्दै मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७५र०७६ मा अर्जुनचौपारी गाउँपालिकाबाट कार्यान्वयन भएको गाउँपालिका सदरमुकाम व्यवस्थापन योजनाको २७ लाख ५० हजार ११ रुपैयाँ बराबरको र आ.व. २०७६र०७७ मा आठ लाख ३५ हजार तीन सय २० रुपैयाँ बराबरको गुणस्तरहीन काम गरेको देखिन आएको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले मंगलबार विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन अनुसार बिगो, जरिवाना र कैदको सजाय माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने
-
हेटौंडामा बढ्दो सुरक्षा चुनौती, निसानामा व्यवसायीदेखि जनप्रतिनिधिसम्म
-
दिलभूषणलाई पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का