वसन्तपुरमा मनाइयो राष्ट्रिय पोसाक एवं टोपी दिवस (तस्बिरहरू)
_JikHAPkbcG.jpg)
काठमाडौँ । जागरूक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ वसन्तपुरमा यो दिवस मनाइएको हो ।
नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोसाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोसाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।
नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोसाक हटाइएपछि युवाहरु जागरूक भएर यो अभियान सुरु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)
-
कोशी गाउँपालिकाका अध्यक्षद्वारा सुरक्षाकर्मीमाथि गालीगलौज, तीन वटा मुद्दा चलाउने तयारीमा प्रहरी