विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा कटुवाल नियुक्त
बुधबार, १७ पुस २०८१, १० : ३७
काठमाडौँ । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कटुवाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले रिक्त कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका लागि गत असार १२ गते दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धाबाट बूढीगंगा ४ बाजुराका छत्रबहादुर कटुवाल पहिलो नम्बरमा सिफारिस भएका थिए । दोस्रो नम्बरमा काठमाडौँका नवराज सापकोटा र तेस्रोमा रामप्रसाद पौडेल सिफारिस भएका थिए ।
कटुवाल राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण समितिको कार्यालयमा इन्जिनियरका रूपमा कार्यरत छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण