ओली लक्षित कविताबाट सुरु गरे रावलले पत्रकार सम्मेलन
काठमाडौँ । नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका नेता भीम रावलको पत्रकार सम्मेलन सुरु भएको छ । माइतीघरस्थित एक पार्टी प्यालेसमा सुरु भएको पत्रकार सम्मेलन उनले कविताबाट सुरुवात गरेका छन् । कवितामा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यङ्ग्य गरेका छन् ।
लुब्ध नाइके
सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि ?
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि !
तथ्य र सत्य घोच्दछ तिम्लाई,के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन
सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ ।
चामल र ढुङ्गा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा
भनन भन, तृप्ति तिम्लाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असैह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ।
पाखण्ड तन्त्र, अवसर तन्त्र अव त धेरै पो
यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क गर्दछौ ।
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अव खर्लप्प खानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण