वुल्भ्सका फरवार्डलाई दुई खेलको प्रतिबन्ध
बुधबार, १७ पुस २०८१, १४ : ०८
लण्डन । प्रिमियर लिग क्लब वुल्भ्सका फरवार्ड माथेयस कुन्हालाई फुटबल एसोसिएसनले दुई खेलका लागि प्रतिबन्ध गरेको छ । यो महिनाको सुरुमा उनले इपस्विचका सेक्युरिटीसँग झगडा गरेका थिए ।
ब्राजिलियन स्ट्राइकरले इपस्विचका स्टाफलाई कुहिनाले हिर्काउनुका साथै उनको चस्मा थुतेका थिए । उनलाई खराब आचरणमा दोषी देखाइएको छ । सो खेलमा वुल्भ्स १–२ गोलले पराजित भएपछि विवाद भएको थियो । खेलको इन्जुरी समयमा ज्याक टेलरले गोल गरेपछि इपस्विचले खेल जितेको थियो ।
उनलाई ८० हजार पाउण्ड जरिवानासमेत गरिएको छ । उनले अब लिगमा नटिङह्याम फरेस्ट र एफए कपमा ब्रिस्टल सिटीविरुद्धको खेल गुमाउनेछन् । २५ वर्षीय कुन्हाले १९ प्रिमियर लिग खेलमा १० गोल गरेका छन् । टोली हाल रेलिगेसन क्षेत्रभन्दा एक अङ्कले माथि १७ औँ स्थानमा आसीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण