सोतोकान कराँते टोली भारत प्रस्थान
काठमाडौँ । खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताको ३३ औं संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२ सदस्यीय नेपाली कराँते टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ ।
जनवरी ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा अमन राई, संयोग राई, सञ्जीव वाइबा, सफल मगर, बादल लामा, सविर पोखरेल, अनिश विक, प्रदीप राई, सन्देश खड्का, गौतम भण्डारी, रिकेश बोहरा, विवेक गुरुङ, सुमित धिमाल, अविरल राई, मनीष वाइबा, अशोक भट्टराई, विनोद चौधरी, जाग्रिती थापा, सायाना न्यौपाने, अब्रिस्ति महर्जन, नयना मानन्धर, सन्जना भुजेल, प्रविका मानन्धर, गुन्जन थापा, सुवेक्षा विक, युनिशा भुजेल, जस्मिना खड्का, नविना स्याङ्तान, करिष्मा मानन्धर र काजल राईले प्रतिस्पर्धा गर्ने छन् ।
अफिसियलमा नेपाल सातोकान कराँते संघका महासचिव श्याम शेर्पा र प्रशिक्षकमा कृष्णकुमार मानन्धर छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबिच बुधबारै बिदाइ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण