यस्ता छन् यो साता बजारमा आएका गीत संगीत
काठमाडौ – यो साता पनि बिभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनमा यो साता संख्यामा भने केही कमी देखियो । ति गीत संगीत केही सार्वजनिक कार्यक्रम सहित बाँहिर ल्याइयो, भने केही युट्युब मार्फत सार्वजनिक भए । यस्ता छन् योसाता बजारमा आएका गीत संगीत ।
‘जानी नजानी लाएको माया’
गायक सुनिल सिं ठकुरीको पछिल्लो गीत ‘जानी नजानी लाएको माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । नायिका आंचल शर्मा र मोडल राजु ग्याबक अभिनय रहेको भिडियो दुईको प्रेम छताछुल्ल भएको दखाइएको छ । नितिन चन्दले निर्देशन गरेको भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन् ।
‘कालि गोरी नेपालकी छोरी’
सोनिका रोकायाको अभिनय रहेको गायिका मिना ढकालको ‘कालि गोरी नेपालकी छोरी’ बोलको लोक पप गीत बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेकी मिना आफुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफनो सिर्जना बजारमा ल्याउने गरेकी छन् । मिना ढकालको शब्द तथा राज खड्काको लय रहेको गीतको भिडियोमा बविता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
‘मेरो आँखाको’
गायक तथा संगीतकार बिकेश सावादेनको नयाँ गीतको ‘मेरो आँखाको’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा नायिका तथा मोडल माला लिम्बुसंग सुनिल क्षेत्रीले रोमान्स गरेका छन्, भने नेपाली ठिटोजले साथ दिएका छन् । माला र सुनिलको केमेष्ट्रि पनि मज्जाले जमेको छ । भिडियोलाई सुनिलले निर्देशन गरेका हुन् ।
‘पल्के’
नायक पल शाह र नायिका आँचल शर्माको फुलीमा पल्केका छन् । गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल आँचल एकसाथ देखिएका छन् । विकास सुवेदीको भिडियो निर्देशन गरेको गीतमा नारायण भण्डारीका शब्द छन् भने आशिष अबिरलको संगीत छ । भिडियोमा गीतमा पल र आँचलको साथमा शाइनिङ्ग डान्स क्रुको नृत्य छ भने नृत्य निर्देशन अनुराग ठकुरीको हो ।
‘के हो त खास’
गायक प्रदीप सुन्दासले ‘के हो त खास’ बोलको गीत बजारमा ल्याएका छन् । रोमान्टिक यो गीत मंगलबार सार्वजनिक गरेका हुन् । गीतमा गायक प्रदीप स्वयमकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा अश्मित पोखरेल र पूजा जोशीले अभिनय गरेका छन् । गीतको भिडियोलाई स्वयम अश्मितले निर्देशन गरेका हुन् । सर्ट फिल्म र म्युजिक भिडियो गरीे दुई दर्जन बढी सिर्जना निर्देशन गरिसकेका अश्मितले युवापुस्ताले गीतको भिडियो मन पराउने आशा व्यक्त गरे ।
‘
परदेशी’
बैदेशिक रोजगारीको शिलशिलामा परदेश गएका लाखौैँ नेपाली दाजुभाईको बास्तविक कहानी समेटेर गीत ‘परदेशी’ आएको छ । गायिका लक्ष्मी परियार र गायक रामचन्द्र थापाको आवाजमा रहेको निकै मार्मिक गीतको भिडियोमा परदेशी युवाको पिडालाई समेटिएको छ । बाटो हेदैँ आफनो परदेश गएको छोरोको सम्झनामा बस्दैँ गएका बावु आमालाई गीतमा गाउँघरलाई सम्झिएको छ । प्रेम रावतको शब्द सिर्जना तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई र वावु आमा र सन्तानको याद आएको कुरा गीतमा ब्यक्त गरिएको छ । भिडियोमा सगुन शाही र विमल अधिकारीको अभिनय छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेका हुन् ।
‘यि आखाँका आँशु’
मोडल अनु श्रेष्ठ र मिलन क्षेत्रीको अभिनयमा सन्तोष कार्की र दिपेश कार्कीको लोकदोहोरी गीत ‘यि आखाँका आँशु’को भिडियो बजारमा आएको छ । गायिका सिता परियार र गायक सन्तोष कार्कीको स्वर रहेको गीतमा दिपेश कार्कीको शब्द र सन्तोष कार्कीको लय रहेको छ ।
‘तिमी मेरै’
गायक छिरिङ शेर्पाको नयाँ पप गीत ‘तिमी मेरै’ सार्वजनिक भएको छ । गायक छिरिङ शेर्पा स्यामको शब्द तथा संगीत रहेको गीतको भिडियोमा छिरिङ सँगै मोडल सगुन शाहीको अभिनय रहेको छ । भिडियो बविता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण