रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गरिने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले रुग्ण रहेका निजी क्षेत्रका उद्योगका सन्दर्भमा उच्चस्तरीय आयोग बनाउने गरी कार्यदलको प्रस्ताव गरेको जानकारी दिए । उनले अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबिच समझदारी गरेर कार्यदलको प्रस्ताव गरेको र छिट्टै मन्त्रीपरिषद् बैठकमा प्रवेश गर्ने बताए ।
उनले संस्थानको हकमा पूर्ववर्ती सरकारले निजीकरण इकाईमा प्रवेश गराएको विषयलाई कार्यान्वयन गर्ने मन्त्रालय अघि बढेको बताए । अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबिच भएको छलफलबाट संस्थानको अहिलेको स्टाटस र वित्तीय क्षेत्रको दायित्व लगायतका कुराहरूको विस्तृत अध्ययन गर्न जरुरी देखिएको बताए ।
मन्त्री भण्डारीले समय सापेक्ष ऐन बनाउने कुरामा मन्त्रालय अघि बढेको समेत सो क्रममा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीमा ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
-
सङ्कटमा थाई प्रधानमन्त्रीको कुर्सी, के हो विवाद ?