बेरुजु फर्छ्यौट गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निकायलाई बेरुजु फर्छ्यौट गर्न आग्रह गरेको छ । मन्त्रालयले मातहत तथा सम्बद्ध निकाय सवै (विभागहरू, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू, केन्द्रीय अस्पताल र अन्य अस्पतालहरू )लाई बेरुजु फर्छ्यौट गर्न आग्रह गरेको हो ।
हालसम्म फर्छ्यौट तथा सम्परीक्षण हुन बाँकी रहेको बेरुजुको सम्बन्धमा देहाय अनुसार गर्नु गराउन हुन मिति २०८१।०९।१६ को (सचिवस्तर) निर्णयअनुसार अनुरोध गरिएको उल्लेख छ ।
हालसम्म फर्छ्यौट तथा फरफारक हुन बाँकी बेरुजुको पूर्व पत्रमा पठाइएको ढाँचा बमोजिम बेरुजु वर्गीकरण गरी अध्यावधिक गर्नुपर्ने, असुल गर्ने र पेस्की बेरुजु ७ (सात) दिनभित्र असुल तथा फर्छ्यौटको कारबाही अगाडि बढाई सोको जानकारी मन्त्रालयलाई गराउने, कार्यालयमा कार्यरत कर्मचारीहरूबाट असुल गर्नुपर्ने बेरुजु रकम तीस दिनभित्र असुल गरिसक्ने र बेरुजु बाँकी रहेको कर्मचारी अन्यत्र सरुवा भई गएको भए पत्राचार गरी सो को जानकारी मन्त्रालयमा पठाउने उल्लेख छ ।
यस्तै, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३९ र ४० र नियमावलीको नियम ८९ र ९० बमोजिम बेरुजु फर्छ्यौटको कारबाही अगाडी बढाउने, बेरुजुको अभिलेख तोकिए बमोजिम अध्यावधिक राख्न सूचनामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण