पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन विश्वप्रकाशले दिए शुभकामना !
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन शुभकामना दिएका छन् । शुक्रबार राजधानीमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक आमा, सपना र ताराहरू सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले ठट्यौली शैलीमा भण्डारीलाई राजनीतिमा फर्किन शुभकामना दिएका हुन् ।
भण्डारी फेरि एमालेको सक्रिय राजनीतिमा फर्किन लागेको चर्चालाई कोट्याउँदै शर्माले सक्रिय राजनीतिमा आउने वा नआउने विषय उनको स्वविवेकको विषय भएको बताए । यद्यपि यस विषयमा आफूसँग सुझाव मागे सामाजिक अभिभावक भएर बस्न सुझाव दिने उनले बताए ।
‘पूर्वराष्ट्रपति सामाजिक परिवर्तनको प्रेरक बन्न सक्नुपर्छ । मेरो शुभकामना छ । फेरि सक्रिय राजनीतिमा आउने हो कि इच्छा राखेको को कि भन्ने चर्चा छ । तर कसैले शीतल निवासबाट निस्किएको तिम्रो राष्ट्रपति के गरोस् भनेर सोध्यो भने मेरो जवाफ हुनेछ– सामाजिक अभिभावक यो देशलाई चाहिएको छ ता कि कुनै आमाहरूले त्यो पीडा भोग्न नपरोस्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण