क्रिकेट कपको नाममा अध्यक्ष शेर्पाले अनैतिक रूपमा पैसा उठाएको इतर समूहको आरोप
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्र विवाद बढेको छ । संघभित्र असन्तुष्ट बनेको इतर समूहले अध्यक्ष दुजाङ शेर्पाले संघमा अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएको छ ।
इतर समूहका नेतृ प्रेमिका राना मगरले शुक्रबार विज्ञप्ति निकाल्दै उक्त आरोप लगाएकी हुन् । विज्ञप्ति मार्फत उनले ‘जय नेपाल कप’ आयोजना प्रति असन्तुष्टि जनाएकी छन् । अध्यक्ष शेर्पाले कार्यसमितिमा छलफल नगरी ‘जय नेपाल कप’ आयोजना गर्न लागिएको विज्ञप्तिमा उनले लेखेकी छन् ।
आरोप लगाउँदै रानाले जय नेपाल कपका लागि अध्यक्ष शेर्पाले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयहरूबाट अनैतिक रूपमा पैसा उठाएको भनाई छ ।
जय नेपाल कपको हबला दिँदै मोटो रकम संकलन गर्न पत्र पठाउने, विभिन्न क्षेत्रका व्यापारी, स्कुल, क्याम्पसका सञ्चालक, विश्वविद्यालयका उपकुलपतिहरूसँग भेटघाट गरी पैसा संकलनका लागि दबाब दिने, धम्क्याउने गतिविधि गरिरहेको जानकारीमा आएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।
यस्तै विज्ञप्तिमा गतवर्ष जाजरकोटमा गएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिका-५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माण गर्ने जिम्मा संघले लिएपनि विद्यालय हाल सम्म अलपत्र रहेको जनाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण