क्रिकेट कपको नाममा अध्यक्ष शेर्पाले अनैतिक रूपमा पैसा उठाएको इतर समूहको आरोप

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघभित्र विवाद बढेको छ । संघभित्र असन्तुष्ट बनेको इतर समूहले अध्यक्ष दुजाङ शेर्पाले संघमा अपारदर्शी क्रियाकलाप गरेको आरोप लगाएको छ ।
इतर समूहका नेतृ प्रेमिका राना मगरले शुक्रबार विज्ञप्ति निकाल्दै उक्त आरोप लगाएकी हुन् । विज्ञप्ति मार्फत उनले ‘जय नेपाल कप’ आयोजना प्रति असन्तुष्टि जनाएकी छन् । अध्यक्ष शेर्पाले कार्यसमितिमा छलफल नगरी ‘जय नेपाल कप’ आयोजना गर्न लागिएको विज्ञप्तिमा उनले लेखेकी छन् ।
आरोप लगाउँदै रानाले जय नेपाल कपका लागि अध्यक्ष शेर्पाले सरकारी, गैरसरकारी संघसंस्था, व्यवसायिक क्षेत्र, क्याम्पस, विश्वविद्यालयहरूबाट अनैतिक रूपमा पैसा उठाएको भनाई छ ।
जय नेपाल कपको हबला दिँदै मोटो रकम संकलन गर्न पत्र पठाउने, विभिन्न क्षेत्रका व्यापारी, स्कुल, क्याम्पसका सञ्चालक, विश्वविद्यालयका उपकुलपतिहरूसँग भेटघाट गरी पैसा संकलनका लागि दबाब दिने, धम्क्याउने गतिविधि गरिरहेको जानकारीमा आएको उनले विज्ञप्तिमा उल्लेख गरेकी छन्।
यस्तै विज्ञप्तिमा गतवर्ष जाजरकोटमा गएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिका-५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माण गर्ने जिम्मा संघले लिएपनि विद्यालय हाल सम्म अलपत्र रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा अन्तिम खेलपछि मार्टिनेजले किन रुँदै हात हल्लाए ?
-
‘अप्रेसन सिन्दुर’ पछि भारतसामु आत्मसमीक्षा र परिवर्तनको दुर्लभ अवसर
-
परिवारको हत्या गर्ने ४० जना ग्याङ्स्टरलाई विष खुवाएर मार्ने महिला
-
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट
-
‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कारबाट रातोपाटीकर्मी सहित २ जना सम्मानित
-
वीरगन्जमा जसपा नेपालको खबरदारी सभा,परिसंघको संघर्षका कार्यक्रम सार्वजनिक