साइबरको माध्यमबाट पोखरा र चितवनमा ७३ लाख लुटियो

काठमाडौँ । साइबरको माध्यमबाट पोखरा र चितवनमा मात्रै ७३ लाख रुपैयाँ लुटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख लुटिएको हो ।
त्यस्तै, नेपाल सरकारमा कर्मचारीहरूको ५ लाख ५० हजार रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ । यसमाथि उजुरी आएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी सन्दिग्ध नम्बर प्रयोग हुने गरेको पाइएको छ । सीआईबीका अनुसार उनीहरुले कुनै नम्बरको गलत आईडी र पासवर्ड हालेर वालेट र मोबाइल बैंकिङका एपहरु बन्द गराइदिन्छन् । त्यसपछि फोन गरेर आफू वालेट वा बैंक वित्तीय संस्थाबाट भन्दै ओटीपी माग गर्छन् ।
कतिपय अवस्थामा सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र एआईले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिङ्क पठाइ खोल्न लगाउँछन् । लिङ्क खोल्ने बित्तिकै त्यो डिभाइसको सबै युजरनेम र पासवर्डमा चोर्छन् । त्यही युजरनेम र पासवर्ड प्रयोग गरेर पैसा ट्रान्सफर गर्ने गरेको सीआईबीले जनाएको छ ।
व्युरोले पछिल्लो समय यस्ता घटना बढिरहेको भन्दै अपरिचित नम्बरबाट आएका फोन तथा मेसेज नउठाउन आग्रह गरेको छ । यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी भएमा सीआईबी वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सीआईबीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा