साइबरको माध्यमबाट पोखरा र चितवनमा ७३ लाख लुटियो
काठमाडौँ । साइबरको माध्यमबाट पोखरा र चितवनमा मात्रै ७३ लाख रुपैयाँ लुटिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख लुटिएको हो ।
त्यस्तै, नेपाल सरकारमा कर्मचारीहरूको ५ लाख ५० हजार रुपैयाँ ठगी भएको प्रहरीले जनाएको छ । यसमाथि उजुरी आएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी सन्दिग्ध नम्बर प्रयोग हुने गरेको पाइएको छ । सीआईबीका अनुसार उनीहरुले कुनै नम्बरको गलत आईडी र पासवर्ड हालेर वालेट र मोबाइल बैंकिङका एपहरु बन्द गराइदिन्छन् । त्यसपछि फोन गरेर आफू वालेट वा बैंक वित्तीय संस्थाबाट भन्दै ओटीपी माग गर्छन् ।
कतिपय अवस्थामा सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र एआईले बनाएको आवाजबाट कल गरी तपाईँको सामान आएको छ, तपाईँलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिङ्क पठाइ खोल्न लगाउँछन् । लिङ्क खोल्ने बित्तिकै त्यो डिभाइसको सबै युजरनेम र पासवर्डमा चोर्छन् । त्यही युजरनेम र पासवर्ड प्रयोग गरेर पैसा ट्रान्सफर गर्ने गरेको सीआईबीले जनाएको छ ।
व्युरोले पछिल्लो समय यस्ता घटना बढिरहेको भन्दै अपरिचित नम्बरबाट आएका फोन तथा मेसेज नउठाउन आग्रह गरेको छ । यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी भएमा सीआईबी वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सीआईबीले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण