काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ३ घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लाका विभिन्न स्थानमा शनिबार ३ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारी अनुसार डिस्ट्रिब्युसन लाइन भूमिगत गर्ने कार्यका लागि पुलचोक डिस्ट्रिब्युसन सेन्टरको यूएन पार्क फिडरलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गर्नुपर्ने भएको हो । सो अवधिमा शंखमुल, यूएन पार्क, शंखमुल टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
त्यस्तै, सडकको कल्भर्ट निर्माणका क्रममा परेको एचटी पोल सार्नका लागि जोरपाटी डिस्ट्रिब्युसन सेन्टरको साँखु फिडर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बन्द गर्नुपर्ने भएको छ । सो अवधिमा नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङ पौवा र नांगलेभारेमा विद्युत् अवरुद्ध हुनेछ ।
काम निर्धारित समयभन्दा अघि सकिएमा अगाडि नै सेवा सुरु हुने पनि प्राधिकरणको भनाई छ । यसबाट पर्न गएको असुविधाको लागि प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण