रास्वपा बैठक : स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजयबारे प्रश्न
_Y6DjxzcRgj.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकमा गएको स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजयको कारणबारे प्रश्न उठेको छ ।
बैठकमा उपनिर्वाचन परिचालन समितिलाई कीर्तिपुरमा पनि कसरी उम्मेदवार पाउन सकिएन भन्ने प्रश्न केन्द्रीय नेताहरूले उठाएको बैठकमा सहभागी एक नेताले बताए । केन्द्रीय सदस्यहरूले काठमाडौँ १६ बाहेक अन्य आश गरिएका सहर केन्द्रित स्थानीय तहमा चुनाव किन हारियो भन्ने प्रश्न गरेका थिए ।
जवाफमा निर्वाचन परिचालन समितिले संगठन नभएको पालिकाहरूमा पनि पार्टीको उपस्थिति हुनु उपलब्धि पूर्ण भएको तर्क प्रस्तुत गरेको ती केन्द्रीय नेताले बताए । साथै कीर्तिपुरमा पराजय भए के गर्ने भन्ने डर हाबी भएकाले उम्मेदवार नउठाउन तलबाट सुझाव आएपश्चात् रणनीतिक रूपमा उम्मेदवार नउठाएको समितिले ब्रिफ गरेको ती नेताले बताए ।
उपनिर्वाचनले गाउँ र सहर केन्द्रित संगठन विस्तार अभियान कसरी सञ्चालन गर्ने सुझाव पनि दिएको बैठकमा छलफल भएको उनले बताए ।
- अध्यादेश व्यक्ति केन्द्रित
पार्टीले सरकारले सहकारी समस्या समाधान गर्न भन्दै ल्याएको अध्यादेश व्यक्ति केन्द्रित भएको निष्कर्ष पनि निकालेको छ । बैठकले सिङ्गो सहकारी समस्यामा केन्द्रित नभई अध्यादेश सभापति केन्द्रित भएको निष्कर्ष निकालेको हो ।
एक नेताले दिएको जानकारी अनुसार अध्यादेश उपर बैठकमा छलफल भएको थियो । ‘सबैलाई समान हिसाबले समाधानमुखी भन्दा पनि सभापतिमुखी आएको छ, यसले समाधान दिँदैन भन्ने छलफल बैठकमा भयो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीले आफ्नो वडा र टोलमा बजेट हाल्नु स्वाभाविक : सांसद ढकाल
-
जनताले अवसर दिए, नेताहरूले देश बिग्रेकाेमा जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी