रास्वपा बैठक : स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजयबारे प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकमा गएको स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद पराजयको कारणबारे प्रश्न उठेको छ ।
बैठकमा उपनिर्वाचन परिचालन समितिलाई कीर्तिपुरमा पनि कसरी उम्मेदवार पाउन सकिएन भन्ने प्रश्न केन्द्रीय नेताहरूले उठाएको बैठकमा सहभागी एक नेताले बताए । केन्द्रीय सदस्यहरूले काठमाडौँ १६ बाहेक अन्य आश गरिएका सहर केन्द्रित स्थानीय तहमा चुनाव किन हारियो भन्ने प्रश्न गरेका थिए ।
जवाफमा निर्वाचन परिचालन समितिले संगठन नभएको पालिकाहरूमा पनि पार्टीको उपस्थिति हुनु उपलब्धि पूर्ण भएको तर्क प्रस्तुत गरेको ती केन्द्रीय नेताले बताए । साथै कीर्तिपुरमा पराजय भए के गर्ने भन्ने डर हाबी भएकाले उम्मेदवार नउठाउन तलबाट सुझाव आएपश्चात् रणनीतिक रूपमा उम्मेदवार नउठाएको समितिले ब्रिफ गरेको ती नेताले बताए ।
उपनिर्वाचनले गाउँ र सहर केन्द्रित संगठन विस्तार अभियान कसरी सञ्चालन गर्ने सुझाव पनि दिएको बैठकमा छलफल भएको उनले बताए ।
- अध्यादेश व्यक्ति केन्द्रित
पार्टीले सरकारले सहकारी समस्या समाधान गर्न भन्दै ल्याएको अध्यादेश व्यक्ति केन्द्रित भएको निष्कर्ष पनि निकालेको छ । बैठकले सिङ्गो सहकारी समस्यामा केन्द्रित नभई अध्यादेश सभापति केन्द्रित भएको निष्कर्ष निकालेको हो ।
एक नेताले दिएको जानकारी अनुसार अध्यादेश उपर बैठकमा छलफल भएको थियो । ‘सबैलाई समान हिसाबले समाधानमुखी भन्दा पनि सभापतिमुखी आएको छ, यसले समाधान दिँदैन भन्ने छलफल बैठकमा भयो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण