संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने रास्वपाको निर्णय
_ZrvZw9fDWJ.jpg)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
शनिबारदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको पहिलो दिन उक्त निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
जसअनुसार संगठनलाई चुस्त बनाउन राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गरिने उनको भनाइ छ ।
बैठकमा जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरूलाई सहयोग तथा सहजीकरण गर्न केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरुले सिफारिस गरेको विज्ञ सदस्यहरू रहेको जिल्ला अनुसारको कार्यदल निर्माण गर्नेबारे छलफल भएको छ ।
कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरू निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरूलाई सहजीकरण गर्ने रास्वपाले जनाएको छ । अभियान माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने रास्वपाको तयारी छ । त्यसलगत्तै वैशाखमा महाधिवेशन सम्पन्न गर्ने रास्वपाको भनाइ छ ।
शनिबारको बैठकमा पार्टी कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा जानकारी गराउँदै पार्टीका गतिविधिका बारेमा अवगत गराएका थिए ।
यस्तै बैठकमा सहमहामन्त्रीहरूले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षा प्रतिवेदन पेस गरेका छन् भने बैठकमा उक्त निर्वाचनमा पार्टीका अनुभव, सिकाई र चुनौतीहरूका सम्बन्धमा छलफल गरिएको झाको भनाइ छ । बैठक आइतबार पनि बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते