प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु
भक्तपुर । नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता आज सुरु भएको छ ।
आज चाँगुनारायण नगरपालिका–९ ताथली फाँटमा सुरु भएको प्रतियोगिताको सङ्घीय सांसद प्रेम सुवालले उद्घाटन गरे । राजनीतिले निःस्वार्थ रूपमा सेवा गर्न सके मात्रै देश समृद्ध बन्ने उनले बताए ।
नेमकिपाका केन्द्रीय सचिवसमेत रहेका सुवालले कक्षा १२ सकिने बित्तिकै युवा बिदेसिने भन्दै देशका अशक्त, बुडापाका, महिला मात्रै रहने अवस्था आउने खतरा बढेकाले देशको राजनीति सुधार गरेर जानुपर्नेमा जोड दिए । स्थानीय सरकारको प्रभावकारी कामले सबै राजनीतिक दलले सिक्ने अवस्था बनाउनुपर्ने भन्दै उनले परम्परागत बाजा, कला, संस्कृतिलाई संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बागमती प्रदेशमा पहिलो पटक यसप्रकारको प्रतियोगिता आफ्नो नगरपालिकाले गरेको बताउँदै यसले प्रदेशभरि धिमे बाजाको संरक्षण गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, “नगरपालिकाले एक वर्षभित्र आयोजना गर्न लागिएको नगरकोट महोत्सवको प्रचारप्रसारका साथै धिमे बाजाको संरक्षण गर्ने उद्देश्यले आज यो प्रतियोगिताको आयोजना गरेका हाैँ । यसले समग्र चाँगुनारायणको पर्यटन, आर्थिक, सामाजिक विकासमा टेवा पुर्याउँछ भन्ने विश्वास लिएका छौँ ।”
प्रतियोगितमा प्रथम हुनेलाई नगद रु ५० हजार पुरस्कारसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र सिछ्या प्रदान गरिने जनाउँदै नगरप्रमुख खत्रीले द्वितीय हुनेलाई रु २५ हजारसहित शिल्ड, प्रमाणपत्र धिमय् बाजा एक थान भुछ्या र सिछ्या एक/एक थान र तृतीय हुनेलाई नगद रु १० हजारसहित शिल्ड, प्रमाणपत्र धिमे बाजा र भुछ्या एक/एक थान प्रदान गरिने उल्लेख गरे ।
सान्त्वना हुनेलाई रु पाँचहजार सहित शिल्ड, प्रमाणपत्र धिमे बाजा एक थान, उत्कृष्ट प्रस्तुतिलाई धिमे बाजा एक थान, उत्कृष्ट छैठौँदेखि १०औँ स्थानसम्मकालाई भुछ्या एक/एक थान र सहभागी प्रत्येकलाई मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ ।
बागमती प्रदेशभित्रका भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत विभिन्न जिल्लाका स्थानीय पालिकाका ५५ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
चाँगुनारायणको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले धिमे बाजा प्रतियोगिता आयोजना गरिएको चाँगुनारायण–९ ताथलीका वडाध्यक्ष एवं प्रतियोगिताका संयोजक गणेश त्यातले बताए । उनले नगरभित्रका १ देखि ९ वडासम्मका धार्मिक, ऐतिहासिक सम्पदाको अवस्थाबारे जानकारी गराए ।
कार्यक्रममा इतिहास एवं संस्कृतिविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले प्राग ऐतिहासिक सम्पदाको उद्गमस्थल चाँगुनारायण रहेको चर्चा गर्दै यहाँ अनगिन्ती धार्मिक एवं ऐतिहासिक सम्पदा रहेकाले सबैको सहकार्य र समन्वयबाट ती सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगिता आज रातिसम्म सकिने जनाउँदै पुरस्कार आइतबार वितरण गरिने आयोजक चाँगुनारायण नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण