प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि केन्द्रीय समिति बैठकमा प्रचण्डले दस्ताबेज पेस गर्ने
काठमाडौँ । दिउँसो १ बजे सुरु हुने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गरेपछि मात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति दस्ताबेज पेस गर्ने भएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सो कुराको जानकारी दिएका हुन् ।
सापकोटाका अनुसार उद्घाटनका बेलामा अध्यक्ष प्रचण्डले समसामयिक विषयमा बैठकलाई ब्रिफिङ गर्नेछन् । प्रदेश अध्यक्षहरूले रिपोर्टिङ गर्ने र त्यसपछि मात्र प्रचण्डले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको उनले बताए । यस्तै आजको स्थायी समिति बैठकमा संगठनात्मक सिद्धान्तबारे छलफल केन्द्रित हुने उनले जानकारी दिए ।
‘स्थायी समिति बैठकमा सङ्गठनात्मक सिद्धान्तबारे छलफल भयो । अहिलेसम्म हामीले सामान्यत: मालेमावादको सिद्धान्त मानेर आइरहेका छौं । अहिलेको विज्ञान र प्रविधिको जमानामा नयाँ सङ्गठनात्मक सिद्धान्त आवश्यक रहेकोबारे छलफल भएको । यसलाई क्रमभङ्ग गरेर जानुपर्छ भन्नेमा छलफल भएको छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण