९ दिनअघि कर्णालीमा बेपत्ता भएका पुरुष अझै भेटिएनन्
आइतबार, २१ पुस २०८१, १६ : २२

सुर्खेत । पुस १२ गते डोजर पल्टिँदा कर्णाली नदीमा बेपत्ता भएका कालिकोट पचालझरना गाउँपालिका–८, का ४० वर्षीया कुश्माखर सञ्ज्याल अझै भेटिएका छैनन् ।
८ दिन बितिसक्दापनि उनको कुनै पत्तो नलागेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गोविन्द चौधरीले रातोपाटीलाई जानकारी दिए ।
पुस १२ गते पचालझरना–८ चाटेबगरबाट वडा नम्बर ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा डोजर पल्टिएको थियो ।
डोजरसहित सहचालक समेत रहेका सञ्ज्याल बेपत्ता भएका थिए । चौधरीले स्थानीय र प्रहरीले उनको खोजी कार्य गरिरहेको बताए ।
गोताखोरका लागि केन्द्रमा परिपत्र गरे पनि कुनै रिस्पोन्स नआएको उनको भनाइ छ । डोजरका चालक नमराज मल्ललाई भने सकुशल उद्धार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो
-
नक्कली प्रहरी पक्राउ, अपाङ्गलाई समेत डर देखाएर असुल्थे रकम
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित