वार्ता सुरु भएसँगै हमासले सार्वजनिक गर्यो इजरायली बन्दीको भिडियो
गाजा । प्यालेष्टिनी सशस्त्र समूह हमासले आफ्नो कब्जामा रहेकी इजरायली बन्दी लिरी अलबागको भिडियो सार्वजनिक गरेको छ । इजरायलसँग युद्धविराम र बन्दी रिहाईसम्बन्धी सम्झौताबारे कतारमा वार्ता सुरु भएकै समयमा समूहले १९ वर्षीय अलबागको भिडियो सार्वजनिक गरेको हो ।
भिडियोमा अलबागले इजरायल सरकारलाई सम्झौतामा पुग्न अनुरोध गरेकी छिन् ।
सन् २०२३ को अक्टोबरमा हमासले गाजासँगको सीमामा रहेको सेनाको नहाल ओज आधार शिविरमा आक्रमण गरेर ६ जना महिला सिपाहीलाई बन्दी बनाएको थियो । अलबाग तिनै छ जनामध्ये एक हुन् । यीमध्ये पाँच जना अहिले पनि हमासको कब्जामा भएको बताइएको छ । पछिल्लो समयमा गाजामा इजरायलले आक्रमण तीव्र पारेको छ । शनिबारको हवाई आक्रमणको क्रममा ३० जनाभन्दा बढी प्यालेष्टिनीहरूको मृत्यु भएको थियो ।
हमास र इजरायलबिच युद्धविरामको वार्ता सुरु भएको छ । गाजा सहरमा एउटा घरमा गरिएको आक्रमणमा शनिबार ७ जना बालबालिकासहित ११ जना मारिएको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले भनेको छ । अलबागको अभिभावकले छोरीलाई यस्तो हालतमा देखेर आफूहरूको मुटु टुक्रा टुक्रा भएको भन्दै इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुलाई यो ठाउँमा आफ्नै छोरी भएकी भए कस्तो निर्णय गर्थ्यौ, त्यस्तै निर्णय गर्न भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण