७७ वटै जिल्लामा भूमि आयोगका अध्यक्ष खोज्दै सत्तारुढ दल
काठमाडौँ । देशका ७७ वटै जिल्लामा एकै पटक भूमि आयोग गठनको तयारी गरिएको छ । सत्ता साझेदार दलहरूबिच आयोगको जिल्ला अध्यक्षमा भागबन्डा मिलेसँगै उम्मेदवारको खोजीलाई तीव्रता दिइएको छ । केही दिनभित्र नेतृत्व छनोट गरेर घोषणा गर्ने तयारी गरिएको मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।
अहिले आयोगको जिल्ला अध्यक्षमा सत्तारुढ दलबिच भागबन्डा मिलिसकेको छ । यस अनुसार कांग्रेसले ३५, एमालेले ३५ र जनता समाजवादी पार्टीले ४ र लोकतान्त्रिक समाजवादी पार्टीले ३ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा बसेर भागबन्डा टुङ्ग्याएका हुन् । यद्यपि कुन जिल्ला कसले पाउने भन्ने विषय गोप्य राखिएको छ ।
तर, सबै दलहरूले आफूले पाउने भाग पाएका जिल्लामा अध्यक्षको खोजी गरिरहेका छन् । सबै दलले नाम सिफारिस गरे बमोजिम आयोगको घोषणा गरिने जनाइएको छ । अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । यो बैठक सकिँदासम्म नाम टुङ्ग्याउने र त्यसपछि आयोग गठनको निर्णय गर्ने गरी तयारी अघि बढाएको बताइन्छ ।
हाल जिल्ला जिल्लाबाट नाम आउने क्रम रहेको बताइएको छ । अबको केही समयभित्रै सबै जिल्लाबाट नाम आइसक्ने र एकै पटक आयोग गठन गर्ने गरी भूमिसुधार मन्त्रालयको छ । यसअघि जिल्ला अध्यक्षको नियुक्ति मन्त्रिपरिषदबाटै गर्ने व्यवस्था रहेकोमा अहिले मन्त्रालय स्तरबाटै अध्यक्षको नियुक्ति गर्ने तयारी भएको भूमि आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जानकारी दिए ।
अहिले आयोग गठन भएको अहिले २ महिना बितिसकेको छ । अहिलेसम्म आयोगले कार्यविधि स्वीकृत गर्नेदेखि कर्मचारीको दरबन्दी निर्धारण गर्नेसम्मको काम गरेको छ भने अघिल्लो आयोग विगठनपछि स्थानीय तहमा रोकिएर बसेका कामलाई सुचारु गरिएको रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण